नियम ११
कोषको व्यवस्थापन तथा सञ्चालन
: (१) कोषको रकम समितिबाट नेपाल राष्ट्र बैङ्क वा नेपाल भित्रका अन्य कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिमको खाता समितिको मुख्य प्रशासकीय अधिकृत र कोषको सचिवालयमा खटिएको लेखा अधिकृत वा लेखापालको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुनेछ ।